काठमाडौँ । नेपाली बजारमा बिहीबार सुनको मूल्य स्थिर रहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बिहीबार छापावाल सुनको मूल्य तोलाको एक लाख ९८ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

अघिल्लो दिन पनि सुन सोही मूल्यमा कारोबार भएको थियो ।यस्तै, आज चाँदीको मूल्य भने बढेको छ । आज चाँदी २ हजार ३१५ रुपैयाँमा कारोबार भइरहेको छ ।