
काठमाडौं । लगातार चौथो कारोबार दिन शेयर बजार घटेको छ । साताको पहिलो दिनदेखि घटिरहेको बजार बुधबार थप ३२।३८ अंक घट्यो । सो गिरावटपछि नेप्से परिसूचक २६५५ अंकमा कायम भएको छ ।
बजार घट्दा आज कारोबार रकम पनि घटेको छ । अघिल्लो दिन ८ अर्ब ३२ करोडको कारोबार भएकोमा आज ७ अर्ब ५७ करोडको भयो ।
२८ कम्पनीको मूल्य बढ्दा २१७ को घट्यो भने एउटाको स्थिर रह्यो । विकास बैंक सेक्टर सबैभन्दा धेरै २।०९ प्रतिशत घट्यो । अधिकांश सेक्टर १ प्रतिशतभन्दा धेरै घटेका छन् ।
दुई कम्पनी नेपाल माइक्रो इन्स्योरेन्स र क्रेस्ट माइक्रोलाइफ इन्स्योरेन्सको मूल्य १० प्रतिशत बढ्यो । बुधबार धेरै कारोबार भएका कम्पनीमा राधि विद्युत्, एनआरएन इन्फ्रास्ट्रक्चर, ङादी ग्रुप, सानिमा माइ हाइड्रोपावर र एचआईडीसीएल छन् ।







Facebook Comments