
काठमाडौँ । युरोपको ग्रिसमा भएको ‘१२ औँ अन्तर्राष्ट्रिय वृत्तचित्र महोत्सव इरापेट्रा एन्ड अवार्ड’को अन्तर्राष्ट्रिय फिल्म निर्णायक मण्डलले ‘कलर अफ टी’लाई पुरस्कृत गरेको छ ।
महोत्सव आयोजकले आफ्नो वेब साइटमा आधिकारिक रूपमा पुरस्कृत फिल्महरूको सूची सार्वजनिक गर्दै लेखेको छ, ‘दोस्रो महोत्सव पुरस्कार राज सरगम (नेपाल)द्वारा लिखित तथा निर्देशित अन्तर्राष्ट्रिय छोटो फिल्म कलर अफ टीलाई जान्छ ।’
१२ औँ अन्तर्राष्ट्रिय वृत्तचित्र महोत्सव इरापेट्रा एन्ड अवार्र्डले ग्रीसमा विश्वभरका उत्कृष्ट लामा र छोटा वृत्तचित्र चलचित्रलाई आफ्नो प्रतिस्पर्धात्मक खण्डमा प्रदर्शनको लागि प्रवर्द्धन गर्छ । कलर अफ टिले मधेसका दलित आदिवासीको कथा उठान गरेको । जातीय भेदभावलाई निरन्तरता दिने सुक्षम आक्रमण र हिंसाविरुद्व मौन विद्रोहको कथा समावेश छ ।
यो लघु चलचित्रले गत जुलाइमा कोरियामा दिगो विकास लक्ष्य २०२५ को लागि ‘कोरिया ग्यांगी अन्तर्राष्ट्रिय फिल्म महोत्सव’मा उत्कृष्ट पुरस्कार जितेको थियो ।







Facebook Comments