
मुम्बई । बलिउड अभिनेता अक्षय कुमारको हालै रिलिज भएको फिल्म 'केसरी-२' विवादमा घेरिएको छ। फिल्मका संवादहरू चोरीको आरोप लगाइएको हो। यो आरोप एक युट्युबरले लगाएका हुन्।
युट्युबर तथा कवि याह्या बुटवालाले फिल्मका लेखक र निर्माताहरूमाथि गम्भीर आरोप लगाउँदै फिल्ममा जलियाँवाला बागमा उनको कविता शब्द नक्कल गरिएको आरोप लगाएका छन् । उनलाई यसको श्रेय पनि नदिइएको उनको गुनासो छ।
सामाजिक सञ्जालमा आफ्नो कविताको भिडियोसँगै, युट्युबरले फिल्मको अनन्या पाण्डेको क्लिप पनि सेयर गरेका छन् जसमा उनको कविता प्रयोग गरिएको छ। फिल्मकी लेखिका सुमिता सक्सेनाले कपी पेस्ट गरेको उनको दाबी छ । आफ्नो पोस्टमा याह्याले अक्षय कुमार, करण जोहर, अनन्या पाण्डे, सुमित सक्सेना र धर्मा प्रोडक्सनलाई ट्याग गरेका छन्।
यद्यपि, याह्याको भिडियो इन्स्टाग्रामले हटाएको छ। यसको जानकारी दिँदै उनले इन्स्टा स्टोरीमा दिए।







Facebook Comments