काठमाडौँ । स्थानीय बजारमा बुधबारको तुलनामा आज सुनचाँदीको मूल्यमा सामान्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मूल्य एक लाख ९४ हजार ८ सय रुपैयाँ निर्धारण भएको छ ।

त्यति नै परिमाणको चाँदी दुई हजार २९० रुपैयाँमा खरिदबिक्री भइरहेको छ ।

बुधबार एक तोला सुन एक लाख ९३ हजार ५ सय रुपैयाँमा किनबेच भएको थियो भने त्यति नै परिमाणको चाँदी दुई हजार २५५ रुपैयाँमा क्रयविक्रय भएको थियो ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज प्रति औँस सुन तीन हजार ३३८ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।