
काठमाडौँ । साताको अन्तिम सेयर कारोबार दिन बिहीबार नेप्से परिसूचक सामान्य अंकले घटेर बन्द भएको छ। नेप्से परिसूचक ९.२२ प्रतिशतले घटेर २७५७.९७ विन्दुमा अडिएको छ।
यसदिन ३१९ स्क्रिप्सको १ करोड ६८ लाख ५५ हजार ९०६ कित्ता सेयर ५ अर्ब २० करोड १ लाख ४ हजार ८१६ रुपैयाँमा खरिदबिक्री भए। यसदिन एउटा कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भयो। विकास हाइड्रोपावरको सेयर ९.९९ प्रतिशतले बढ्यो।
कारोबार रकमका आधारमा रिइन्स्योरेन्स शीर्षस्थानमा रह्यो। सो कम्पनीको २४ अर्ब बराबरको सेयर कारोबार भयो। नेपाल रिइन्स्योरेन्सको २० अर्बको सेयर कारोबार हुँदा बलेफी हाइड्रोपावरको १४ करोड,बुटवल पावरको १३ करोड, हिमालयन / डिस्टिलरीको सेयर १३/१३ करोडको सेयर कारोबार भयो।
कारोबारमा आएकामध्ये ५३ स्टक्सको मूल्य बढ्दा १९७ वटाको घट्यो। १२ समूहको उपसूचक घट्दा नन लाइफ इन्स्योरेन्सको ०.१४ प्रतिशतले बढयो।







Facebook Comments