काठमाडाैँ । शुक्रबार नेपाली बजारमा सुनचाँदीको मूल्य वृद्धि भएको छ। छापावाल सुन तोलामा ४०० रुपैयाँले वृद्धि भई १ लाख ९५ हजार २०० रुपैयाँ पुगेको छ।
चाँदीको मूल्य पनि बढेर तोलामा २ हजार ३१० रुपैयाँ पुगेको छ।

काठमाडौँ । शुक्रबार नेपाली बजारमा सुनचाँदीको मूल्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबारको तुलनामा छापावाल सुन तोलामा ४०० रुपैयाँ वृद्धि भएको हो ।

जसअनुसार शुक्रबार छापावाल सुन तोलामा १ लाख ९५ हजार २०० रुपैयाँ कायम भएको छ । यस्तै बिहीबार सोही सुन तोलामा १ लाख ९४ हजार ८०० रुपैयाँ कायम थियो । यसैबिच चाँदीको मूल्य पनि वृद्धि भएको छ । बिहीबार तोलामा २ हजार २९० रुपैयाँ कायम भएको चाँदीको मूल्य शुक्रबार बढेर तोलामा २ हजार ३१० रुपैयाँ पुगेको महासंघको भनाइ छ ।