काठमाडौँ । नेपाली बजारमा सुनको मूल्य ३०० रुपैयाँ बढेको छ । आज (भदौ ११ गते) सुन तोलाको एक लाख ९९ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

मंगलबार (भदौ १० गते) सुन प्रतितोला एक लाख ९८ हजार ७०० रुपैयाँमा किनबेच भएको थियो । आज चाँदीको मूल्य तोलामा १५ रुपैयाँले घटेको छ । चाँदी प्रतितोला दुई हजार ३४५ रुपैयाँमा खरिदबिक्री भइरहेको महासंघले जनाएको छ ।

मंगलबार चाँदी प्रतितोला दुई हजार ३६० रुपैयाँमा कारोबार भएको थियो ।