काठमाडौं । प्रसाई फिल्म्सको प्रस्तुतिमा ‘यो पागल दुनियाँ’ सार्वजनिक गरिएको छ । गीतमा संजय ढुंगाना र ईश्वरी बरालको अभिनय छ। गीतलाई दोस्ताजले लेखेका हुन् भने रवि शर्माले स्वर दिएका छन्। 

संगीतमा रवि शर्मा र दोस्ताजकै संयोजन छ। गीतको संगीत निर्माण पुष्कर खत्रीले गरेका हुन्। रियाज प्रोडक्सन स्टुडियोमा रेकर्ड गरिएको गीतलाई साजन शाहले मिक्स, मास्टर गरेका छन्।

गीतकोभिडियोविकाश प्रसाईले निर्देशन गरेका हुन्। सिनेमाटोग्राफी सुमन गहतराजले गरेका छन् भने सम्पादन निर्देशक प्रसाईकै छ। भिडियोमा कलरिङ कल्पेश विश्वकर्माले गरेका हुन् । भिडियोमा आमा गुमाएपछि छोराले आत्महत्याको प्रयास गर्ने कथावस्तु प्रस्तुत गरिएको छ। आमाप्रतिको छोराको गहिरो प्रेमलाई भावनात्मक ढंगले देखाइएको छ।

निर्मातामा वर्षा सिंह ठकुरी, गोविन्द खड्का र बाबु कृष्ण प्रसाई छन्। सह-निर्माता प्रवीण आचार्य हुन्। कम्पनी व्यवस्थापन विशाल प्रसाईले गरेका छन् । भिडियोमा कृष्ण घिमिरे, कुशल घिमिरे, यज्ञनिधि शर्मा, सुलभ शर्मा र सुनील शर्माको पनि अभिनय देख्न सकिन्छ। पोस्टर सन्तोष डिजाइनले तयार पारेको हो। स्पोन्सर पार्टनरमा सिक्सभिल्ला प्रा.लि. र सजिलो साथी प्रा.लि. रहेका छन्।