काठमाडौँ । यस साताभरको सुनचाँदीको कारोबार विश्लेषण गर्दा सुनको मूल्यमा उल्लेख्य वृद्धि देखिएको छ भने चाँदीको मूल्यमा भने सामान्य उतारचढाव देखिएको छ ।

गत शुक्रबारदेखि यस शुक्रबारसम्म (एक साता)को अवधिमा सुनको मूल्य प्रतितोला ५ हजार ४ सय रुपैयाँले बढेको छ भने चाँदीको मूल्यमा प्रतितोला ५० रुपैयाँको वृद्धि भएको छ । यो साता सुनको मूल्यले प्रतितोला २ लाखको आँकडा पार गर्दै नयाँ उचाइ कायम गरेको छ ।

अघिल्लो शुक्रबार (भदौ ६ गते) प्रतितोला १ लाख ९५ हजार २ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य यस साता लगातारजसो बढेर नयाँ कीर्तिमानी कायम गरेको छ ।

अघिल्लो शुक्रबारको तुलनामा आइतबार सुनको मूल्य २ हजार ३ सय रुपैयाँ बढेर १ लाख ९७ हजार ५ सय रुपैयाँमा कारोबार भयो ।

आइतबारको तुलनामा सोमबार ३ सय रुपैयाँले घटेर १ लाख ९७ हजार २ सय रुपैयाँमा झरेको थियो । मंगलबार पुनः बढेर १ लाख ९८ हजार ७ सय रुपैयाँ पुग्यो, जुन सोमबारको तुलनामा १ हजार ५ सय रुपैयाँको वृद्धि हो ।

बुधबार मूल्यवृद्धि जारी रहँदै १ लाख ९९ हजार रुपैयाँ पुग्यो । जुन मंगलबारको तुलनामा ३ सय रुपैयाँ बढेको थियो । यस्तै बुधबारको तुलनामा ४ सय रुपैयाँले बढेर बिहीबार १ लाख ९९ हजार ४ सय रुपैयाँमा कारोबार भयो ।

शुक्रबार भने यस साताकै उच्च बिन्दुमा पुग्दै प्रतितोला २ लाख ६ सय रुपैयाँमा कारोबार भएको छ । यो बिहीबारको तुलनामा १ हजार २ सय रुपैयाँको वृद्धि हो ।

एक साताको अवधिमा सुनको मूल्य प्रतितोला १ लाख ९५ हजार २ सय रुपैयाँबाट बढेर २ लाख ६ सय रुपैयाँ पुग्दा कुल ५ हजार ४ सय रुपैयाँले वृद्धि भएको छ ।

चाँदीको मूल्यमा सामान्य उतारचढाव

सुनको तुलनामा चाँदीको मूल्यमा भने यस साता सामान्य उतारचढाव देखिए पनि समग्रमा वृद्धि भएको छ । अघिल्लो शुक्रबार प्रतितोला २ हजार ३१० रुपैयाँ रहेको चाँदीको मूल्य यस शुक्रबार २ हजार ३६० रुपैयाँ पुगेको छ ।

आइतबार ४० रुपैयाँले बढेर २ हजार ३५० रुपैयाँमा कारोबार भयो । सोमबार थप ५ रुपैयाँ बढेर २ हजार ३५५ रुपैयाँ पुग्यो ।

मंगलबार ५ रुपैयाँको वृद्धिसँगै २ हजार ३६० रुपैयाँ कायम भयो । बुधबार १५ रुपैयाँले घटेर २ हजार ३४५ रुपैयाँमा झर्यो, जुन यस साताको न्यून बिन्दु हो ।

बुधबारको तुलनामा बिहीबार १० रुपैयाँले बढेर २ हजार ३५५ रुपैयाँ पुग्यो । शुक्रबारः बिहिबारको तुलनामा ५ रुपैयाँ बढेर २ हजार ३६० रुपैयाँमा कारोबार भयो ।

एक साताको अवधिमा चाँदीको मूल्यमा प्रतितोला २ हजार ३१० रुपैयाँबाट २ हजार ३६० रुपैयाँ पुग्दा कुल ५० रुपैयाँको सामान्य वृद्धि भएको छ ।