.jpeg)
काठमाडौँ । साताको पहिलो कारोबार दिन आइतबार नेप्से परिसूचक उच्च अंकले घटेर बन्द भएको छ। नेप्से परिसूचक ३१.१७ अंकले घटेर २७४९.८३ विन्दुमा अडिएको छ।
यसदिन ३२१ स्क्रिप्सको १ करोड ४८ लाख ५ हजार ५६९ कित्ता सेयर ६ अर्ब ६ करोड १८ लाख २२ हजार ३७९ रुपैयाँमा खरिदबिक्री भए। नेप्से परिसूचक दोहोरो अंकले घट्दा कुनै पनि कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार हुन सकेन।
उन्नति सहकारी लघुवित्त वित्तीय संस्थाको सेयर सर्वाधिक ६.७७ प्रतिशतले बढ्यो। ग्लोबल आईएमई समुन्नत योजना-२ का लगानीकर्ताले सर्वाधिक गुमाए। यसको सेयर १० प्रतिशतले घट्यो।
कारोबार रकमका आधारमा नेपाल रिइन्स्योरेन्स कम्पनी शीर्षस्थानमा रह्यो। सो कम्पनीको ४५ करोड मूल्य बराबरको सेयर कारोबार भयो। हिमालयन रियन्स्योरेन्सले २८ करोडको सेयर कारोबार गर्दा हिमालयन डिस्टिलरीको २६ करोड,नेपाल रिपब्लिकको २१ करोड र पिपुल्स पावरको १८ करोड मूल्य बराबरको सेयर कारोबार भयो।
कारोबारमा आएकामध्ये २१ स्टक्सको मूल्य बढ्दा २२८ वटाको घट्यो। बाँकी १ स्टकको मूल्य भने स्थिर रह्यो। आज १३ वटै समूहको उपसूचक नकारात्मक देखिएका छन्।







Facebook Comments