_AFMILpO41N.jpg)
काठमाडौँ । चलचित्र विकास बोर्डले आइतबार चलचित्र क्षेत्रमा सक्रिय कलाकार तथा प्राविधिकलाई ‘विशिष्ट चलचित्रकर्मी परिचयपत्र’ वितरण गरेको छ।
बोर्डको प्रेक्षालयमा आयोजित कार्यक्रममा सूचना तथा सञ्चार प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङको प्रमुख आतिथ्यमा ८६ जना चलचित्रकर्मीलाई सो परिचयपत्र प्रदान गरिएको हो। मन्त्री गुरुङले चलचित्र क्षेत्रमा लामो समयदेखि योगदान पुर्याउँदै आएका कलाकार तथा प्राविधिकलाई सम्मान गर्दै परिचयपत्र वितरण गरे।
बोर्डका अनुसार यस परिचयपत्रलाई चलचित्रकर्मीको औपचारिक पहिचान र कदरको प्रतीकका रूपमा लिइएको छ। परिचयपत्र प्राप्त गरेका कलाकार तथा प्राविधिकले यसले आफ्नो पेसागत पहिचानलाई अझ मजबुत बनाउने विश्वास व्यक्त गरेका छन्।







Facebook Comments