काठमाडौं। चलचित्र ‘कुमारी’ को छायांकन सुरु भएको छ। मंगलवार बिहान चलचित्रको औपचारिक शुभ मुहूर्त ललितपुरको बङ्गलामुखी मन्दिरमा गरिएको छ, जहाँ चलचित्रका मुख्य कलाकार, निर्देशक, र निर्माण टोलीको उपस्थिति थियो।

दिनेश राउतले निर्देशन गरिरहेको ‘कुमारी’ को छायाङ्कन ललितपुरको पाटन क्षेत्रबाट सुरु भएको हो। सम्पूर्ण छायाङ्कन ३५ दिनमा सकिने लक्ष्य राखिएको छ। यस चलचित्रमा अबिषेक खड्का र आकृति राजभन्डारी मुख्य भूमिकामा छन्। यी दुईबाहेक घनश्याम जोशी, सुनिता श्रेष्ठ, आकाङ्क्षा कार्की, मधु खड्का, सनम श्रेष्ठ, सकु शाह, सरोज लामिछाने, मनीषा शर्मा, र भूपी लुहारजस्ता कलाकारहरूको पनि अभिनय रहनेछ।

बिनिश इन्टरटेन्मेन्टले पिक्चर फ्रेमको सहकार्यमा निर्माण गरिरहेको यो चलचित्रलाई महेन्द्र अधिकारीले निर्माण गर्दैछन् भने स्क्रिप्ट विकास सुवेदीले लेखेका हुन्। यसअघि नै कुमारी घोषणा र पोस्टर तथा कलाकार सार्वजनिक कार्यक्रममा गायक केहर सिंह लिम्बु र उनको ब्यान्ड ‘केहर एन्ड द लुङ्गा’को प्रस्तुति रहेको यही चलचित्रकता  बोलको गीत चर्चामा रहेको छ। गायक लिम्बुले पार्श्व गायनमा यही चलचित्रबाट डेब्यु गरेका हुन्।

‘कुमारी’ मा सङ्गीत केहर सिंह लिम्बु, सुमन तामाङ, र प्रशान्त सिवाकोटीको रहेको छ भने गीतमा स्वर केहर सिंह लिम्बुले नै दिएका छन्। गीतका शब्द सागर लामिछाने मगर, सुमन तामाङ र युवराज काफ्लेले लेखेका छन्।