
काठमाडौँ । आगामी दसैँमा प्रदर्शन तयारीमा रहेको फिल्म ‘बलिदान’को प्रि–टिजर सार्वजनिक गरिएको छ । चलचित्रका मुख्य अभिनेता समीर भट्टको बुधबार परेको जन्मदिनको अवसर पारेर टिजर ल्याइएको हो ।
प्रि–टिजरमा अभिनेता भट्ट दमदार एक्सन दृश्यसहित प्रस्तुत भएका छन् । जहाँ देशभक्तिपूर्ण भावनाले भरिएको न्यारेशन सुन्न सकिन्छ ।
समीरको आक्रोशपूर्ण चिच्याहटले दृश्यलाई अझ प्रभावशाली बनाएको छ । फिल्म सन्तोष सेनले निर्देशन गरेका हुन् । फिल्ममा समीरका अलवा सौगात मल्ल, अर्पण थापा, ऋचा शर्मा, कविता राय, हेमन्त बुढाथोकी, प्रेम पुरीलगायतका कलाकारको अभिनय छ ।
‘आसुसेन फिल्म्स् प्रालिको प्रस्तुति रहेको फिल्मका निर्माता पवन ब्राडफोर्ड बिस्ट हुन् भने प्रेम पुरी कार्यकारी निर्माता रहेका छन् ।







Facebook Comments