काठमाण्डाैँ । लुम्बिनी प्रदेशमा एक वर्षमा घरेलु तथा साना उद्योग मार्फत प्रदेश सरकारले ४ करोड बढी राजश्व संकलन गरेको छ । प्रदेशका १२ वटै जिल्लामा रहेका घरेलु तथा साना उद्योग कार्यालय मार्फत गत साउन सम्मको अवधिमा ४ करोड १० लाख ४९ हजार तीन सय आठ रुपैयाँ राजश्व संकलन भएको लुम्बिनी प्रदेश उद्योग, पर्यटन तथा यातायात मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार आर्थिक बर्ष २०८१/०८२ मा रुपन्देही घरेलु तथा साना उद्योग कार्यालय मार्फत एक करोड २४ लाख ५३ हजार एक सय सात रुपैयाँ राजस्व सङ्कलन भएको छ । बाँकेमा ७३ लाख ४८ हजार सात सय ७५ रुपैयाँ राजस्व सङ्कलन भएको छ भने नवलपरासी पश्चिममा ३१ लाख ८२ हजार सात सय ४५ रुपैयाँ राजस्व सङ्कलन भएको छ । कपिलवस्तुमा ३६ लाख ५१ हजार पाँच सय ६० रुपैयाँ, दाङमा ६६ लाख ४९ हजार छ सय ५२ रुपैयाँ राजस्व सङ्कलन भएको छ ।

यसै गरी बर्दियामा ४२ लाख ४३ हजार ३० रुपैयाँ ,पाल्पामा १९ लाख ३८ हजार एक सय ६२, गुल्मीमा १८ लाख ८६ हजार एक सय ७५ रुपैयाँ, अर्घाखाँचीमा ६ लाख ९३ हजार चार सय ७७ रुपैयाँ, प्युठानमा ११ लाख ४५ हजार एक सय ४० रुपैयाँ राजस्व सङ्कलन भएको छ । रोल्पा जिल्लामा १६ लाख ५६ हजार दुई सय ६५ रुपैयाँ,रुकुम पूर्वमा तीन लाख ५३ हजार आठ सय ९५ रुपैयाँ राजस्व संकलन भएको मन्त्रालयको वार्षिक तथ्याङ्कमा उल्लेख गरिएको छ ।  

लुम्बिनी प्रदेशमा आर्थिक वर्ष २०८१/८२ मा ३ हजार २ दुई सय ६७ घरेलु तथा साना उद्योग थपिएका छन् । एक वर्षको अवधिमा प्रदेशका १२ जिल्लामा २ हजार ६ सय ९० वटा घरेलु उद्योगको लगत कट्टा गरिएको छ । एक वर्षमा प्रदेश भर रहेका ७ हजार ७ सय ४७ वटा घरेलु तथा साना उद्योगको नवीकरण गरिएको छ । त्यसैगरी ३ हजार ५ सय ४१ वटा उद्योगको अन्य संशोधन गरिएको छ ।

यसै गरी लुम्बिनी प्रदेशमा गएको आर्थिक बर्ष २०८१/०८२ मा वाणिज्य फर्म बाट पाँच करोड ४९ लाख ८७ हजार आठ सय १२ रुपैयाँ राजस्व संकलन भएको उद्योग पर्यटन तथा यातायात मन्त्रालयका वरिष्ठ अधिकृत तथा सूचना अधिकारी सुवेदीले जानकारी दिए । उनका अनुसार वाणिज्य फर्मबाट रुपन्देही जिल्लामा ८४ लाख ५६ हजार छ सय ४१ रुपैयाँ,बाँकेमा एक करोड २३ लाख ८३ हजार १० रुपैयाँ, , नवलपरासी पश्चिममा ५६ लाख ३४ हजार पाँच सय ९९ रुपैयाँ,कपिलवस्तुमा ४४ लाख ५८ हजार ७९ रुपैयाँ वाणिज्य फर्मबाट राजस्व संकलन भएको छ ।  

यस्तै दाङमा ९३ लाख ५८ हजार छ सय १४ रुपैयाँ, बर्दियामा ५० लाख ९७ हजार पाँच सय ८० रुपैयाँ, पाल्पामा २७ लाख २१ हजार आठ सय ४६ रुपैयाँ, गुल्मीमा २८ लाख ८८ हजार ६० रुपैयाँ, अर्घाखाँचीमा पाँच लाख पाँच हजार एक सय ७३ रुपैयाँ, प्युठानमा १४ लाख ४९ हजार पाँच सय २० रुपैयाँ, रोल्पामा १५ लाख ६४ हजार पाँच सय १५ रुपैयाँ र रुकुम पूर्वमा चार लाख ७० हजार एक सय ७५ रुपैयाँ राजस्व संकलन भएको मन्त्रालयको वार्षिक प्रतिवेदनमा उल्लेख गरिएको छ । आर्थिक बर्ष २०८१÷०८२ मा प्रदेशका १२ जिल्लामा ३ हजार ७ सय ६३ वटा वाणिज्य फर्म थपिएका छन् । एक वर्षमा २ हजार ६ सय ३४ वटा वाणिज्य फर्मको लगत कट्टा गरिएको छ भने ८ हजार १ सय ६७ वटा वाणिज्य फर्मको नवीकरण गरिएको छ । यसै गरी ५ हजार ८ सय ३० वटा वाणिज्य फर्मको अन्य संशोधन गरिएको छ ।