
काठमाडौं । नेपालमा नयाँ अन्तरिम सरकार गठन भएकोमा छिमेकी मुलुक भारतले स्वागत गरेको छ ।
पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले शुक्रबार अन्तरिम प्रधानमन्त्रीको जिम्मेवारी सम्हालेलगत्तै भारतीय विदेश मन्त्रालयले विज्ञप्ति निकालेर नेपालको नयाँ सरकारको स्वागत गरेको हो । कार्की नेतृत्वको अन्तरिम सरकारले शान्ति र स्थिरतालाई प्रवर्द्धन गर्न मद्दत गर्ने भारतको विश्वास छ ।
विज्ञप्तिमा भनिएको छ, ‘हामी सुशीला कार्कीको नेतृत्वमा नेपालमा नयाँ अन्तरिम सरकार गठनको स्वागत गर्दछौँ । हामीलाई आशा छ कि यसले शान्ति र स्थिरतालाई प्रवर्द्धन गर्न मद्दत गर्नेछ ।’
भारतले नजिकको छिमेकी, लोकतान्त्रिक मित्र र दीर्घकालीन विकास साझेदारको रूपमा दुई देश र जनतको कल्याण र समृद्धिका लागि नेपालसँग मिलेर निरन्तर काम गरिरहने जनाएको छ ।







Facebook Comments