काठमाण्डाैँ । २०२५ को सेप्टेम्बरमा नेपालमा भएको युवाहरूको ठूलो आन्दोलनले सरकार ढाल्यो । यो विद्रोहको कारण थियो नेपालमा अमेरिकी संस्था युसएड र यससँग आबद्ध नीति फाउन्डेसनजस्ता संस्थाहरूको लोकतन्त्र स्थापनाका नाममा विकासका लागि भनेर आएका लाखौँ डलर सहायता । जुन नेपालका नेताहरू (शासकहरू)ले विलासितामा खर्च गरेका थिए ।

यो प्रदर्शन वास्तवमा सामाजिक सञ्जालबाट सुरु भयो जहाँ युवाहरूले नेताहरूका छोराछोरीहरू (नेपोकिड)ले देखाएका विलासिता जसमा विदेश घुमेका, महंगा गाडी चढेका भिडियोहरू भाइरल गराए । यस्ता विलासिताका जीवनशैलीले विशेषगरी सामान्य वर्गका युवाहरूको आक्रोश तीव्र बनाउनुका साथै अपमान महसुस गरायो । उता सरकारले यस्तो बेइज्जती लुकाउन फेसबुक, टिकटक, युट्युबजस्ता सामाजिक सञ्जाल बन्द गर्न खोज्दा आगोमा घ्यू थपिएको जस्तो भयो ।

जेनजी आन्दोलन अहिले पूर्णरुपमा विद्रोहमा परिणत भएको छ । स्मार्टफोन र आक्रोशले युवाहरूले सडेको प्रणालीलाई अस्वीकार गरेका छन् ।


विद्रोहले हिंसात्मक रूप लिँदा देशको संसद्, पार्टीहरूका कार्यालयहरू तोडफोड र आगजनी गरियो, नेताहरूका घर समेत जलाइयो । प्रहरीले चलाइएको गोलीबाट करिब २० जना प्रदर्शनकारीको मृत्यु भयो ।

यो भ्रष्टाचारको मूल जरो भनेको युएसएडका योजनाहरू, नीति फाउन्डेसनको भूमिका, तथा अमेरिकाकै सहयोगमा सत्तामा पुगेका एनजीओ र ठूला परामर्शदाता कम्पनीहरूको संलग्नता देखिन्छ । करिब ३३ मियिलन डलर (करिब साढे ४ अर्ब नेपाली रुपैयाँ)को सहयोग नेपाको संघीय संरचनामा कुनै संवैधानिक निगरानीबिना खर्च भएका रिपोर्टहरू यसअघि सार्वजनिक भएका छन् ।

अमेरिकी राष्ट्रपति जो बाइडेनले २०२२ मा नियुक्त गरेका नेपालका लागि अमेरिकी राजदूत डीन थम्प्सन अझै पदमा छन् । नेपालका लागि अमेरिकी राजदूत डिन थम्पसन ट्रम्प प्रशासनसँग विचार मिल्दो पात्र होइनन् । उनले नेपालमा ट्रान्स एजेण्डाको समर्थन गरेका छन् । उनले एलजीबीटीक्यू एजेन्डा, डाइभर्सिटी नीति र ओबामा–बाइडेन युगको विचारलाई प्रवर्द्धन गर्दै आएको आरोप लागिरहेको छ ।

उनले सार्वजनिकरुपमा यस्ता वामपन्थी विचारको आफ्नो सामाजिक सञ्जालमा प्रचार गरेका छन्,जहाँ उनले ट्रान्स एजेन्डाको समर्थन गर्दै लेखेका छन्,– ‘अमेरिकाको विविधता, समता, समावेशिता र पहुँचको मूल्यलाई जोड दिने वातावरण सिर्जना गर्न तत्पर छौँ ।’

ट्रम्प प्रशासनसँग विचार नमिल्दा पनि अहिलेसम्म उनलाई पदमा राखेको भनेर आलोचना भइरहेको छ । त्यति मात्र नभएर उनले २०२३ मा नेपालस्थित अमेरिकी दूतावासले इन्स्टाग्राममा पूर्वराष्ट्रपति बाराक ओबामाको योगदानको उत्सवसम्बन्धी पोस्ट पनि गरेको थियो । यो प्रष्ट छ कि थम्पसन एन्टीट्रम्प, ओबामा–बाइडेन समर्थक हुन् । जसले नेपालमा दूतावासको पदलाई वामपन्थी एजेण्डाहरु प्रचारका लागि प्रयोग गरेका छन् ।

उनी अमेरिकी करदाताको पैसाबाट तलब खाएर नेपाल जलिरहेको बेला त्यही पैसा समावेशी मुद्दाहरू फैल्याउन प्रयोग गरिहरेका छन् । ट्रम्प प्रशासनले उनलाई हटाएर नयाँलाई नियुक्त गर्नुपर्छ ।

नेपालमा अहिले भइरहेको अवस्था केवल स्थानीय असफलता होइन, यो वासिङ्टनको लापरवाह विदेशी सहायता प्रणालीप्रति ठाडो आरोप हो, जसले नेपालीहरू र अमेरिकी करदाताहरू दुवैलाई धोका दिएको छ ।

युएसएडका योजनाहरू सहयोग र लोकतन्त्रका नाममा गरिन्छ जबकि यसले घृणा र असन्तोष निर्माण गरिरहेको छ । नेपालको आन्दोलन ठूलो चेतावनी हो । युएसएडको अनियन्त्रित खर्चबाट एनजीओ र ठेकेदारहरू चलिरहेका छन् स्वतन्त्रता होइन । यसले देशहरूमा अराजकता फैलाइरहेको छ ।

डीन थम्प्सन नेपालमा त्यही अराजकताका प्रतिनिधि हुन् । उनलाई तुरुन्त हटाएर ‘अमेरिका पहिलो’ नीतिका राजदूत पठाइनु पर्छ । यस विद्रोहलाई केवल नेपालको आन्तरिक मामिला नभएर, अमेरिकी करदाताको पैसामा सञ्चालित विदेशी सहायता पद्धतिको असफलता र भ्रष्टाचारको अन्तर्राष्ट्रिय संकेतका रुपमा हेरिएको छ ।