भारत । भारतको छत्तीसगढस्थित माओवादी प्रभावित क्षेत्र नारायणपुरमा भएको मुठभेडमा २६ माओवादी मारिएको प्रहरीले दाबी गरेको छ।

राज्यका गृहमन्त्री विजय शर्माले बुधबार भने, ‘ओरछा क्षेत्रमा लगभग ५० घण्टादेखि खोजी अभियान चलिरहेको थियो। यसमा २६ भन्दा बढी माओवादी मारिएका छन्। केही ठुला माओवादी नेताहरू पनि मारिएको रिपोर्ट आएको छ।’

उनले मारिएका माओवादीहरूको संख्या बढ्न सक्ने कुरालाई अस्वीकार गरेका छैनन्। उनले खोजी कार्य अझै जारी रहेको बताए ।

विगत १५ महिनामा, छत्तीसगढमा प्रहरीले माओवादीहरूविरुद्ध सघन कारबाही सञ्चालन गरिरहेको छ, जसमा अहिलेसम्म ४०० भन्दा बढी सन्दिग्ध माओवादीहरू मारिएका छन्।

केन्द्रीय गृहमन्त्री अमित शाहले मार्च ३१, २०२६ सम्ममा देशबाट माओवाद पूर्ण रूपमा उन्मूलन गर्ने घोषणा गरेका छन्।