
काठमाडौँ । हमासले गाजामा युद्धविराम र बन्धकहरूको रिहाइसम्बन्धी अमेरिकाको नयाँ प्रस्तावप्रति 'सकारात्मक प्रतिक्रिया'दिएको छ।
हमासले विज्ञप्ति जारी गर्दै आफू तत्काल वार्ताका लागि तयार रहेको जानकारी दिएको हो। वार्ताबारे जानकार एक प्यालेस्टिनी अधिकारीले बीबीसीलाई बताएअनुसार हमासले प्रस्तावको रूपरेखा स्वीकार गरेको छ।
यद्यपि, हमासले प्रस्तावमा संशोधनको माग गरेको छ। यस विषयमा अमेरिका र इजरायलबाट अहिलेसम्म कुनै प्रतिक्रिया आएको छैन। अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले मंगलबार इजरायलले ६० दिन युद्धविराम गर्न आवश्यक सर्त स्वीकार गरेको जानकारी दिएका थिए।
साथै उनले यो प्रस्वता हमासलाई पनि स्वीकार गर्न आग्रह गरेका थिए। अन्यथा स्थिति बिग्रन सक्ने चेतावनी पनि दिएका थिए।







Facebook Comments