काठमाडौं । अमेरिकाका एक संघीय न्यायाधीशले राष्ट्रपति डोनाल्ड ट्रम्पको जन्मजात नागरिकता अन्त्य गर्ने कार्यकारी आदेशमा रोक लगाउने फैसला गरेका छन् ।

न्यू ह्याम्पशायरस्थित अमेरिकी जिल्ला न्यायाधीश जोसेफ लाप्लान्टको यो फैसला महत्वपूर्ण मानिएको छ । अमेरिकाको सर्वोच्च अदालतले गत महिना तल्लो अदालतका न्यायाधीशहरूलाई राष्ट्रव्यापी निषेधाज्ञा जारी गर्ने शक्तिलाई सीमित गरेको थियो ।

तर, वादीहरूलाई सामुहिक रूपमा दर्ता मुद्दामार्फत आदेशको रोक लगाउने क्षमता कायम राखेको थियो । बिहीबार न्यू ह्याम्पशायरमा अमेरिकी जिल्ला न्यायाधीश लाप्लान्टको फैसलामा त्यही भएको थियो । ट्रम्पको कार्यकारी आदेशलाई रोक्न अध्यागमन काम गर्ने अधिकारका लागि वकिलहरूले उक्त मुद्दा दर्ता गरेका थिए ।

न्यायाधीशको बेन्चबाट फैसला सुनाउँदै लाप्लान्टले अध्यागमन अधिकारका लागि काम गर्ने वकिलको अनुरोधलाई माग स्वीकार गरे र फेब्रुअरी २० पछि जन्मिएका शिशुहरूलाई ट्रम्पको आदेश लागु हुनबाट रोक्ने अस्थायी आदेश जारी गरे ।
 
उनले भने, “यो निर्णय अदालतका लागि सजिलो छ । अमेरिकी नागरिकता खोस्नु र पुरानो नीतिमा अचानक परिवर्तन गर्नु ठूलो क्षति हो ।”
ती न्यायाधीशले अमेरिकी नागरिकता संसारको सबैभन्दा ठूलो सम्मान भएको बताएका छन् ।

पूर्वराष्ट्रपति जर्ज डब्ल्यू बुशद्वारा नियुक्त यी न्यायाधीशले ट्रम्प प्रशासनलाई अपिल गर्न समय दिन केही दिनका लागि आफ्नो आदेश स्थगित गर्ने बताए ।