काठमाडौँ । जम्मू कश्मीरको कठुआमामा बादल फाड्दा चारजनाको मृत्यु भएको छ। भारतका केन्द्रीय राज्य मन्त्री डा.जितेन्द्र सिंहले बादल फाट्दा चारजनाको मृत्यु भएको पुष्टि गरेका छन्। बादल फाट्दा रेलवे ट्रयाक र राष्ट्रिय राजमार्गमा पनि क्षति पुगेको छ।

उनले सामाजिक सञ्जाल एक्समा लेखेका छन्,' जंगलोट क्षेत्रमा बादल फुटेर भएको दुर्घटनामा चारजनाको मृत्यु भएको छ। यसले रेलवे ट्र्याक र राष्ट्रिय राजमार्गमा पनि क्षति पुर्‍याएको छ।'
उनले घटनाबारे जानकारी  प्राप्त हुनासाथ एसएसपी कठुआ शोभित सक्सेनासँग कुरा गरेको तुरुन्तै सुरक्षाकर्मी उद्दारमा खटिएका थिए। मन्त्री सिंहले मृतका परिवारप्रति गहिरो समवेदन व्यक्त गरेका छन्।  

यसअघि अगस्ट १४ मा किश्ववाडको चाशोती क्षेत्रमा बादल फुट्दा ६० जनाको मृत्यु भएको थियो।