
काठमाडौं । चलचित्र ‘लालीबजार’ को प्रदर्शन तत्कालका लागि रोक्न उच्च अदालत पाटनले आदेश दिएको छ।
उच्च अदालत पाटनका न्यायाधीश प्रकाश ढुंगानाको एकल इजलासले वैशाख २२ गतेसम्म चलचित्र प्रदर्शन नगर्न अन्तरिम आदेश जारी गरेको सूचना अधिकारी गोविन्दप्रसाद कोइरालाले जानकारी दिए।
वादी समुदायका तर्फबाट रोशनी नेपालीले मुद्दा दायर गरेकी थिइन्। चलचित्रमा प्रयोग गरिएका केही शब्दप्रति आपत्ति जनाउँदै उनले अदालतमा निवेदन दिएकी हुन्।
निर्देशक यम थापाले निर्देशन गरेको उक्त चलचित्र वैशाख १८ गतेदेखि प्रदर्शनको तयारीमा थियो। षट्कोण आर्टसले निर्माण गरेको यो चलचित्र वादी समुदायका महिलाको संघर्षमा आधारित रहेको बताइएको छ।
यसअघि केन्द्रीय चलचित्र जाँच समितिले चलचित्रलाई सबै उमेर समूहले हेर्न मिल्ने प्रमाणपत्र प्रदान गरिसकेको थियो।





Facebook Comments