काठमाडौँ— गायिका हिरा विश्वकर्मा र गायक विजयराज सेजुवालको स्वरमा नयाँ गीत‘खोलि झर्यो गाई’सार्वजनिक भएको छ। ‘परेवा जोडी’ युट्युब च्यानलमार्फत उक्त नयाँ सांगीतिक कोसेलीको आधिकारिक म्युजिक भिडियो सार्वजनिक गरिएको हो।

मौलिक लय र शब्दमा तयार पारिएको यस गीतको शब्द रचना तथा संगीत सिर्जना स्वयं गायक विजयराज सेजुवालले गरेका हुन्। गीतमा विजयराज र हिराको मुख्य स्वर रहेको छ भने पदमपुरा सेजुवाल, पार्वती रोकाया, गणेश घर्ती र एकम मगरले पार्श्व स्वर (कोरस) मा साथ दिएका छन्।

गीतको अडियो रेकर्डिङ काठमाडौँको अनामनगरस्थित ‘म्युजिक बैंक स्टुडियो’ मा गरिएको हो।

गीतसँगै तयार पारिएको आकर्षक म्युजिक भिडियोमा मोडलहरू बिनिता बोगटी, सृष्टि सुनार, नरेन्द्र थापा र तिलक परियारको अभिनय तथा नृत्य देख्न सकिन्छ। भिडियोको छायांकन योगेश सेजुवालले गरेका हुन् भने भिडियो सम्पादन (एडिटिङ) सुबिन हमालले गरेका हुन्।

निर्माण पक्षले गीत निर्माणमा पुर्‍याएको सहयोगका लागि रमेश खनाललाई विशेष धन्यवाद ज्ञापन गरेको छ। मौलिक लोक तथा दोहोरी शैलीको यस गीतले श्रोता तथा दर्शकको मन जित्ने अपेक्षा निर्माण टोलीले लिएको छ।

गीतको लिंकः

खोलि झर्यो गाई