काठमाडौं ।‘हिजोसम्म’बोलको नयाँ गीत सार्वजनिक गरिएको छ । गीतमा गायकबलबहादुर राजवंशीको स्वर रहेको छ भने गीतका शब्दमहेन्द्र तामाङले लेखेका हुन् । गीतलाईसुरज श्रेष्ठले संगीत संयोजन (एरेन्ज) गरेका छन् ।
गीतको भिडियोमासुस्मिता श्रेष्ठरमाधव फिचर्ड कलाकारका रूपमा देखिएका छन् । भिडियोको छायांकनश्रीकुमार राईले गरेका हुन् भने सम्पादन तथा रङ संयोजननवीन निरौलाले गरेका छन् ।
भिडियोका निर्माताबिपिन कुमार शाहरहेका छन् भने निर्देशननवल नेपालले गरेका छन् ।
प्रेम र सम्बन्धको भावनालाई समेटेर तयार गरिएको गीतले दर्शक तथा श्रोतामाझ राम्रो प्रतिक्रिया पाउने अपेक्षा गरिएको निर्माण पक्षले जनाएको छ ।
गीत हेर्न यो लिंकमा जानुहोस् :
https://www.youtube.com/watch?v=OR9iVvjVKoI





Facebook Comments