नेपालमा वार्षिक १ करोड प्याकेट भन्दा धेरै तास प्लेइङ कार्ड  आयात हुने गरेको देखिएको छ । भन्सार विभागको तथ्याङ्क अनुसार विगत आठ वर्षमा ९ करोड ८२ लाख प्याकेट तास आयात भएको छ।

विगत वर्षको तथ्याङ्क हेर्दा हरेक वर्ष औसतमा १ करोड २२ लाख प्याकेट तास आयात हुने गरेको छ।

वितेका ८ बर्षमा नेपालीले चाडपर्व र अन्य समयमा खेल्ने तथा क्यासिनोले आयात गर्ने समेत गरी करिब २ अर्ब रुपैयाँ बराबरको तास आयात भएको छ । भन्सार विभागको तथ्याङ्क अनुसार आर्थिक बर्ष २०७३र७४ देखि आव २०८०र०८१ सम्म एक अर्ब ६३ करोड रुपैयाँको तास आयात भएको हो ।

खासगरी नेपालमा चाडपर्वको बेलामा तासको प्याकेटको माग उच्च हुने गरेको छ । दशैंतिहारमा कतिपयले जुवाका रुपमा त कतियले रमाइलोको रुपमा मात्रै तास खेल्ने प्रचलन छ । त्यसले गर्दा पनि तासको खपत यस समयमा बढ्छ।

अर्कोतर्फ अहिले नयाँ होटलसँगै क्यासिनो खुल्ने क्रम पनि बढ्दो छ। क्यासिनोमा पनि तासको माग बढ्दा तासको आयात बढीरहेको छ।

तर, बिशेषगरी चाडपर्वमा धेरै खेलिने र क्यासिनोमा खेलाइने तास देशभित्र उत्पादन भने हुँदैन त्यसैले पनि बर्षेनी करोडौं रुपैयाँका तास विभिन्न देशबाट नेपाल भित्रिने गरेको छ । भन्सार विभागको ८ बर्षको तथ्याङ्क हेर्दा गएको १ अर्ब ६३ करोड रुपैयाँका तास आयात भएको छ।

यो सबै तास सर्वसाधारणले मात्रै खेलेका भने होइनन्। मुख्य गरी नेपालमा सञ्चालित क्यासिनोहरुले भारी मात्रामा तास आयात गर्ने भएकोले पनि तासको आयात उच्च देखिन्छ।

हाल नेपालमा दुई दर्जन क्यासिनो दर्ता भइ सञ्चालनमा रहेका छन्। धेरैजसो पाँचतारे होटलले अहिले क्यासिनो सञ्चालन गरिरहेका छन्। पछिल्ले समय खुलेका केही होटलहरुले पनि क्यासिनो खोल्ने तयारी गरिरहेका छन्। यसले गर्दा तासको माग अझै बढ्ने देखिन्छ।

कहाँबाट आँउछ नेपालमा तास
नेपालमा उत्पादन नहुने भएकोले पनि सबैजसो तास विदेशी मुलुकबाट आयात हुन्छ।

नेपालमा सबैभन्दा धेरै तास चीनबाट आयात हुने गरेको देखिन्छ। गत वर्ष मात्रै चीनबाट २८ करोड २३ लाख रुपैयाँ बराबरको ९८ लाख २३ हजार १९ प्याकेट तास आयात भएको छ। यसबाहेक भारत र ब्राजिल, स्पेन, अमेरिकाबाट पनि तास आयात हुन्छ।

 

 कति भयो तासको आयात 
८ बर्षको तथ्याङ्क हेर्ने हो भने तास आयात बर्षेनी बढ्ने क्रममा छ । अव २०७३र७४मा ५६ लाख रुपैयाँको मात्रै तास नेपाल भित्रिएकोमा गत आव ०७९र०८० सम्म आइपुग्दा २१ करोड रुपैयाँका तास नेपाल आयात भएको देखिन्छ ।

गत आर्थिक वर्ष २०८०र८१ मा ३२ करोड १८ करोड रुपैयाँ बराबरको १ करोड ११ लाख ७२ हजार ३३७ प्याकेट तास आयात भएको थियो।

आर्थिक वर्ष २०७९र८० मा २१ करोड २७ लाख रुपैयाँको तास आयात भएको थियो। विभागको तथ्याङ्क अनुसार गत वर्ष कुल १ करोड ७७ हजार ९८९ प्याकेट तास आयात भएको हो।

आर्थिक वर्ष २०७८र७९मा २१ करोड ५४ लाख रुपैयाँ बराबरका एक करोड ९ लाख प्याकेट तास नेपाल भित्रिएको छ ।

त्यस्तै आर्थिक वर्ष २०७७र७८ मा मात्रै एक करोड ३४ लाख प्याकेट तास आयात भएको थियो । त्यति तास आयात गर्दा २७ करोड ४९ लाख बाहिरिएको थियो ।

आर्थिक वर्ष २०७६र७७ मा २३ करोड ५४ लाख मूल्यको १ करोड ३२ लाख प्याकेट तास आयात भएको छ ।
आर्थिक वर्ष २०७५र७६मा १ करोड ५७ लाख प्याकेट तास आयात भएको थियो । सो आर्थिक वर्षमा २५ करोड ६ लाख मूल्यको तास नेपाल भित्रिएको थियो ।

त्यस्तै आर्थिक वर्ष २०७४र७५मा १४ करोड ५७ लाख रुपैयाको १ करोड २१ लाख प्याकेट तास भित्रिएको थियो ।

आर्थिक वर्ष २०७३र७४ मा १ करोड १५ लाख प्याकेट तास १४ करोड ५६ लाख मूल्यमा आयात भएको थियो ।

चालु आर्थिक वर्षको २ महिनामा ६ करोडको तास आयात
चालु आर्थिक वर्षको दुई महिनामा ६ करोड ११ लाख रुपैयाँको तास आयात भएको छ। गत वर्षको यसै अवधिमा ६ करोड ४४ लाख रुपैयाँको तास आयात भएकोमा यस वर्ष तासको आयात केही घटेको छ।