
काठमाडौं । चालु आर्थिक वर्ष २०८२-८३ को पहिलो आठ महिनामा नेपालको वस्तु निर्यात २ खर्ब नजिक पुगेको छ । भन्सार विभागका अनुसार साउनदेखि फागुनसम्म निर्यात १ खर्ब ९१ अर्ब ११ करोड रुपैयाँ पुगेको छ । समीक्षा अवधिमा निर्यात २०.८३ प्रतिशतले बढेको छ । गत आर्थिक वर्ष २०८१-८२ को यही अवधिमा निर्यात करिब १ खर्ब ५८ अर्ब १७ करोड रुपैयाँ मात्र थियो ।
८ महिनाको तथ्याङ्क (साउन–फागुन २०८२–८३)
विवरण रकम अघिल्लो वर्षको सोही अवधिको तुलना
आयात १२ खर्ब ८९ अर्ब २५ करोड १२.५४% वृद्धि
निर्यात १ खर्ब ९१ अर्ब ११ करोड २०.८३% वृद्धि
वैदेशिक व्यापार १४ खर्ब ८० अर्ब ३६ करोड १३.५५% वृद्धि
व्यापार घाटा १० खर्ब ९८ अर्ब ११.२२% वृद्धि
आयात-निर्यात अनुपात ६.७५
आयातको हिस्सा ८७.०९% ०.८८% घट्यो
निर्यातको हिस्सा १२.९१% ६.४१% वृद्धि
प्रमुख आयात वस्तुहरू
वस्तु ८ महिनाको आयात (रु.)
डिजेल ८२ अर्ब १० करोड
कच्चा सोयाविन तेल ८१ अर्ब १८ करोड
पेट्रोल ४३ अर्ब ८९ करोड
एलपीजी ग्यास ३७ अर्ब ३१ करोड
स्मार्टफोन २९ अर्ब ९३ करोड
सुन २३ अर्ब ४९ करोड
पेट्रोलियम पदार्थ र इन्धन २ खर्ब ९ अर्ब ९९ करोड
वनस्पति तेल तथा बोसो १ खर्ब ८ अर्ब
प्रमुख निर्यात वस्तुहरू
वस्तु ८ महिनाको निर्यात (रु.)
प्राकृतिक तेल तथा घ्यू ८८ अर्ब ८३ करोड
कफी, चिया, मसला १३ अर्ब ३६ करोड
धागो तथा रेसा ८ अर्ब ९६ करोड
कार्पेट तथा कार्पेटजन्य वस्तु ७ अर्ब ५५ करोड
सोयाविन तेल ७५ अर्ब ७७ करोड
अलैँची ९ अर्ब ४९ करोड
कार्पेट ६ अर्ब ५३ करोड
प्रमुख व्यापार साझेदार मुलुकहरू
मुलुक आयात (रु.) निर्यात (रु.)
भारत ७ खर्ब २४ अर्ब १ खर्ब ५६ अर्ब
चीन २ खर्ब ६५ अर्ब ९८ करोड
अर्जेन्टिना ७५ अर्ब –
यूएई ४५ अर्ब ७६ करोड –
अमेरिका २० अर्ब ३७ करोड १२ अर्ब ८० करोड
चालु आर्थिक वर्षमा वनस्पति तेल आयात गरी भारततर्फ पुनः निर्यात गर्ने व्यापार बढ्दा निर्यातमा सकारात्मक प्रभाव परेको हो । नेपालको अहिलेसम्मकै वार्षिक उच्च निर्यात २ खर्ब ७७ अर्ब रुपैयाँ रहेको छ, जुन गत आर्थिक वर्षमा कायम भएको कीर्तिमान हो । चालु वर्षमा अहिलेको गतिमा वृद्धि कायम रहे उक्त कीर्तिमान तोडिने सम्भावना देखिएको छ ।
नेपालको चालु आर्थिक वर्ष २०८२÷८३ को साउन–फागुन अवधिमा वैदेशिक व्यापारको तथ्याङ्क विश्लेषण गर्दा निर्यात १ खर्ब ९१ अर्ब रुपैयाँ पुगेको छ, जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा २०.८३ प्रतिशतले बढी हो । निर्यात वृद्धिले देशको वैदेशिक आम्दानीमा सकारात्मक योगदान पु¥याएको छ ।
तर आयात अझै उच्च रहेको छ; आठ महिनामा आयात १२ खर्ब ८९ अर्ब रुपैयाँ पुगेको छ र व्यापार घाटा १० खर्ब ९८ अर्ब रुपैयाँ कायम छ, जसले देशको विदेशी मुद्रा दबाब बढाएको छ । व्यापार संरचनामा असन्तुलन देखिन्छ—भारत र चीन प्रमुख व्यापार साझेदार भए पनि चीनतर्फ निर्यात नगण्य छ, जबकि आयात उच्च छ । यसले आयात–निर्यात असन्तुलनलाई झन् बढाउँछ । नेपालले निर्यातमा प्रगति हासिल गरेको भए पनि उच्च आयात र व्यापार घाटा, सीमित निर्यात विविधीकरण र वस्तु संरचनामा असन्तुलनले दीर्घकालीन स्थायित्वका लागि चुनौतीहरू प्रस्तुत गरेको छ ।






Facebook Comments