
काठमाडौं । अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले अब निजी क्षेत्रले घुस खुवाउन, कामकाजममा लाइन लाग्न र थुनिनु नपर्ने बताएका छन् ।
साेमबार नेपाल उद्योग वाणिज्य महासंघकाे प्रतिनिधीहरुसँगकाे भेटघाटमा यस्तो बताएका हुन् ।
यस्तो छ अर्थमन्त्री वाग्लेको भनाइ
-लगानी बढाउनुस् राेजगारी बढाउनुस् देश बनाऔँ।
- म घुस खान आएकोहाेइन, कसैलाई खान पनि दिन्न । म अर्थतन्त्रको जहाज माेडेर देशलाई नयाँ गतिमा लैजान आएको हुँ।
-निजी क्षेत्रले अब दुःख पाउँदैन, हामी तपाईंहरूकाे सहयात्री हाैँ ।अब घुस खुवाउन पर्दैन,लाइन लाग्न पर्दैन, निजी क्षेत्रका मानिस थुनिनु पर्दैन ।
-आर्थिक बेइमानीमा हामी अब आर्थिक जरीवानामा जान्छौं । उद्योगी व्यापारी थुनिनु पर्दैन ।
-तर, राज्य साथी र सहयात्री बन्दा निजी क्षेत्र पनि बेइमानी नहाेला भन्ने अपेक्षा छ । नियाेजित बेइमानी कसैले गर्छ भने त्यसमा हामी निर्मम छाैँ।






Facebook Comments