
काठमाडौं, २२ मार्च २०२६– लक्जरी स्यानिटरीवेयर तथा बाथरूम समाधानको अग्रणी ब्रान्डCERAले नेपालमा आफ्नो उपस्थिति थप सुदृढ पार्दै नयाँ‘CERA स्टाइल ग्यालरी’र‘CERA स्टाइल हब’को भव्य उद्घाटन गरेको छ।
ललितपुरस्थितExplorer Enterprises & Construction Pvt. Ltd.र काठमाडौंस्थितCera Nepal Trading House Pvt. Ltd.मा स्टाइल ग्यालरी तथा काठमाडौं, वीरगञ्ज र भैरहवास्थित विभिन्न साझेदार कार्यालयहरूमा स्टाइल हब सञ्चालनमा ल्याइएको छ।
उद्घाटन समारोहमाCERA का प्रेसिडेन्ट–सेल्स श्री सन्दीप अब्राहमप्रमुख अतिथिका रूपमा उपस्थित हुनुहुँदा कम्पनीका पदाधिकारीहरू, प्रतिष्ठित आर्किटेक्टहरू, डेभलपरहरू तथा च्यानल साझेदारहरूले सहभागिता जनाएका थिए।
नयाँ शोरूमहरूलेCera Luxeसहित CERA का लोकप्रिय उत्पादनहरू एउटै छानामुनि प्रस्तुत गर्दै ग्राहकलाई उत्कृष्ट अनुभव प्रदान गर्ने लक्ष्य राखेका छन्। आधुनिक डिजाइन र परिष्कृत स्पेसमार्फत ग्राहकलाई आफ्नो बाथरूमका कल्पनाहरूलाई वास्तविकतामा रूपान्तरण गर्न प्रेरित गरिनेछ।
CERA की उपाध्यक्ष तथा संयुक्त प्रबन्ध निर्देशक श्रीमती दीप्तिशिखा खेतानका अनुसार,
“स्टाइल ग्यालरी र स्टाइल हबमार्फत हामीले आर्किटेक्ट, इन्टेरियर डिजाइनर र ग्राहकहरूलाई केवल उत्पादन हेर्ने होइन, कल्पना गर्ने र सिर्जना गर्ने स्पेस प्रदान गर्ने लक्ष्य राखेका छौं। यसले आधुनिक बाथरूमका लागि नयाँ मापदण्ड स्थापित गर्छ।”
CERA सन् १९८० मा स्थापित भएको हो र गुजरातको काडीमा अत्याधुनिक उत्पादन केन्द्र सञ्चालन गर्दै आएको छ। यहाँ 3D प्रिन्टिङ, रोबोटिक ग्लेजिङ, हाई–प्रेशर कास्टिङ, डाइ कास्टिङ, अटोमेटिक क्रोम प्लेटिङ र PVD प्रविधि जस्ता आधुनिक प्रणालीहरूको प्रयोग गरिन्छ।
CERA ले स्यानिटरीवेयरसँगै फसेट, टाइल्स, वेलनेस समाधान, कन्स्ट्रक्सन केमिकल्स, किचन सिङ्क र भ्यानिटी क्याबिनेटहरू प्रदान गर्दै सम्पूर्ण बाथरूम समाधान उपलब्ध गराइरहेको छ।






Facebook Comments