काठमाडौं ।गोर्खा ब्रुअरी प्रा.लि.द्वारा आयोजितकार्ल्सबर्ग गल्फ क्लासिक २०२६अप्रिल १० र ११ मा प्रतिष्ठितरोयल नेपाल गल्फ कोर्समा सफलतापूर्वक सम्पन्न भएको छ। दुई दिनसम्म सञ्चालन भएको प्रतियोगितामा कुल१३० जना गल्फ खेलाडीसहभागी भएका थिए।

प्रतियोगिता लोकप्रियस्टेबलफोर्ड फर्म्याटमा¾ह्यान्डिक्यापका आधारमा खेलाइएको थियो। पुरुषतर्फकर्बिर तामाङ४८ काउन्टब्याक स्कोरसहित विजेता बने भनेअश्मांक कार्कीसमान ४८ काउन्टब्याक स्कोरसहित रनर-अप भए।

बेस्ट ग्रस विनरको उपाधिहरि बहादुर थापाले ३५ स्कोरसहित जिते। महिलातर्फसुष्मा सिंह३६ स्कोरसहित विजेता बनिन् भनेतारा कार्की चित्रकार३४ काउन्टब्याक स्कोरसहित रनर-अप रहिन्।

सिनियरतर्फ ६५ वर्षमाथि पुरुष समूहमामेजर जनरल विजय मोक्तानविजेता तथाक्याप्टेन मोहन गुरुङरनर-अप बने।सुपर सिनियर (७५ वर्षमाथि)तर्फक्याप्टेन मणि लाल थापाविजेता बने।

महिलातर्फसिनियर (६० वर्षमाथि)मादेवी पुलामीतथासुपर सिनियर (७० वर्षमाथि)मासन्ध्या राईविजेता घोषित भए।

विशेष विधातर्फहरि बहादुर थापालेहोल नम्बर १२ माHole in Oneगर्दै प्रतियोगिताको विशेष आकर्षण बने।Most Birdiesअवार्डकर्बिर तामाङले ४ बर्डीसहित जिते।

त्यस्तै,Longest Drive (Hole 11)मासरोज थापा,Closest to the Pin (Hole 12)माखिम गौचन, तथाSportsmanship Prizeब्रिगेडियर जनरल शशि किरण रायमाझीले प्राप्त गरे।

प्रतियोगितामार्फत कार्ल्सबर्गलेsportsmanship, camaraderieर premium sporting lifestyleप्रति आफ्नो प्रतिबद्धता पुनः स्थापित गरेको आयोजकले जनाएको छ। रोयल नेपाल गल्फ कोर्समा सम्पन्न यस प्रतियोगिताले सहभागीहरूलाई उच्चस्तरीय प्रतिस्पर्धासँगैCarlsberg signature brand experienceप्रदान गरेको थियो।