फुटबलको महाकुम्भ मानिने फिफा विश्वकप २०२६ इतिहासकै सबैभन्दा ठूलो संस्करणका रूपमा आयोजना हुँदैछ। अमेरिका, क्यानडा र मेक्सिकोले संयुक्त रूपमा आयोजना गर्ने प्रतियोगितामा पहिलो पटक ४८ राष्ट्र सहभागी हुनेछन्। यो विश्वकप तीन देशले संयुक्त रूपमा आयोजना गरेको पहिलो संस्करण पनि हो।

यसअघि ३२ टोली सहभागी हुने विश्वकपमा अब १६ टोली थपिएका छन्। नयाँ संरचनाअनुसार ४८ टोलीलाई १२ समूहमा विभाजन गरिनेछ। प्रत्येक समूहका शीर्ष दुई टोलीसँगै उत्कृष्ट आठ तेस्रो स्थान प्राप्त टोली नकआउट चरणमा पुग्नेछन्। यसरी अन्तिम ३२ टोलीबीच नयाँ ‘राउन्ड अफ ३२’ खेलाइनेछ।

नयाँ ढाँचासँगै विश्वकपका खेल संख्या ६४ बाट बढेर १०४ पुगेको छ। प्रतियोगिता करिब ३९ दिनसम्म सञ्चालन हुनेछ, जसले विश्वकपलाई इतिहासकै सबैभन्दा लामो र ठूलो संस्करण बनाउनेछ।

फिफाले विश्व फुटबलमा थप देशको सहभागिता सुनिश्चित गर्न र नयाँ राष्ट्रहरूलाई अवसर दिन प्रतियोगिता विस्तार गरेको जनाएको छ। यसले एशिया, अफ्रिका तथा उत्तर अमेरिकी क्षेत्रका धेरै राष्ट्रलाई विश्वकपमा स्थान बनाउने सम्भावना बढाएको छ।

यद्यपि नयाँ प्रणालीलाई लिएर मिश्रित प्रतिक्रिया आएका छन्। समर्थकहरूले यसलाई विश्व फुटबलको विस्तार र समावेशीकरणको कदम भनेका छन् भने आलोचकहरूले प्रतियोगिताको गुणस्तर र खेलाडीमाथिको बढ्दो भारबारे चिन्ता व्यक्त गरेका छन्।

जे भए पनि २०२६ को विश्वकप फुटबल इतिहासकै सबैभन्दा ठूलो, फराकिलो र रोमाञ्चक संस्करण बन्ने अपेक्षा गरिएको छ।

सन् २०२६ को फिफा विश्वकपमा सहभागी हुने ४८ राष्ट्रको सूची यस प्रकार छः

आयोजक राष्ट्र (३)

  • Canada
  • Mexico
  • United States

एएफसी (एसिया) – ९ टोली

  • Australia
  • Iran
  • Japan
  • Jordan
  • South Korea
  • Qatar
  • Saudi Arabia
  • Uzbekistan
  • Iraq

सीएएफ (अफ्रिका) – १० टोली

  • Algeria
  • Cape Verde
  • Ivory Coast
  • Egypt
  • Ghana
  • Morocco
  • Senegal
  • South Africa
  • Tunisia
  • DR Congo

कन्काकाफ (उत्तर तथा मध्य अमेरिका) – ६ टोली

  • Canada
  • Mexico
  • United States
  • Panama
  • Haiti
  • Curaçao

कोन्मेबोल (दक्षिण अमेरिका) – ६ टोली

  • Argentina
  • Brazil
  • Colombia
  • Ecuador
  • Paraguay
  • Uruguay

ओएफसी (ओसिनिया) – १ टोली

  • New Zealand

यूईएफए (युरोप) – १६ टोली

  • Austria
  • Belgium
  • Bosnia and Herzegovina
  • Croatia
  • Czechia
  • England
  • France
  • Germany
  • Netherlands
  • Norway
  • Portugal
  • Scotland
  • Spain
  • Sweden
  • Switzerland
  • Türkiye

२०२६ विश्वकपमा पहिलो पटक छनोट भएका राष्ट्रहरूमाJordan,Uzbekistan,CuraçaoCape Verdeरहेका छन्।