
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघमा नयाँ नेतृत्वका लागि मंगलबार भएको निर्वाचनको मतगणना जारी छ । एसोसियट समूहतर्फको सदस्य पदको मतगणना सम्पन्न भएको छ ।
प्राप्त अन्तिम मतपरिणाम अनुसार सबैभन्दा बढी मत ल्याउने १७ उमेदवार विजयी भएका छन् । सचिन ढकाल १,३१८ मतका साथ पहिलो स्थानमा रहँदै विजयी भएका छन् । हेमन्त गोल्छाले १,२०२ मत र अम्बिकाप्रसाद पौडेलले १,१८३ मत प्राप्त गरी उच्च स्थान हासिल गरेका छन् ।
विजयी १७ सदस्यहरूको नामावली र प्राप्त मत :
१. सचिन ढकाल ः १,३१८
२. हेमन्त गोल्छा ः १,२०२
३. अम्बिकाप्रसाद पौडेल ः १,१८३
४. शक्तिकुमार वेगानी ः १,१४२
५. उज्जवलकुमार श्रेष्ठ ः १,१४०
६. ऋषि अग्रवाल ः १,१२२
७. सुशील थापा ः १,०९४
८. राजेशकुमार अग्रवाल ः १,०८२
९. सुयस प्याकुरेल ः १,०६९
१०. रामशरण भण्डारी ः १,०४३
११. बाबुकाजी कार्की ः १,००६
१२. देवराज रेग्मी ः ९५४
१३. बाबु लामिछाने ः ८६०
१४. ढोलप्रसाद अधिकारी ः ८५८
१५. गोपाल खनाल ः ८०४
१६. भरत रानाभाट ः ७८८
१७. देशबन्धु बस्नेत (अजित) ः ७७८
निर्वाचन समितिका अनुसार सदस्यहरूको गणना सकिएलगत्तै अब एशोसियट उपाध्यक्ष तथा महिला सदस्यको मतगणना सुरु भएको निर्वाचन समितिले जनाएको छ ।






Facebook Comments