काठमाडौं । प्रधानमन्त्री बालेन शाहले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेसँग भेटवार्ता गरेका छन् । उनीहरूबीच शुक्रबार दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा भेटवार्ता भएको हो ।

भेटका क्रममा सरकारले हिजोमात्रै पारित गरेको नीति तथा कार्यक्रम र आगामी बजेट लगायतका विषयमा छलफल भएको बताइएको छ । संसदमा नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिन बालेन नगएपछि अर्थमन्त्री वाग्लेले जवाफ दिएका थिए ।