काठमाडाैं । साफ यू–१९ पुरुष च्याम्पियनसिप २०२५ को सेमिफाइनलमा आज शुक्रबार नेपाली युवा टोलीले बंगलादेशसँग प्रतिस्पर्धा गर्दै छ। भारतको अरुणाञ्चल प्रदेशस्थित गोल्डेन जुब्ली स्टेडियममा हुने खेल दिउँसो सबा ३ बजे सुरु हुनेछ।

नेपाल समुह बी को उपविजेता बन्दै सेमिफाइनलमा स्थान बनाएको थियो। नेपालले बंगलादेश भने समूह एको विजेता बन्दै अन्तिम चारमा पुगेको थियो। नेपालले एक खेलमा श्रीलंकालाई ५–० ले हराएको थियो। दोस्रो खेलमा भने भारतसँग ४–० ले पराजित भएको थियो।

बंगलादेशले भने एक खेलमा जित र एक खेलमा बराबरी गर्दै समूह विजेताको रुपमा सेमिफाइनलमा स्थान बनाएको थियो। आजै हुने दोस्रो सेमिफाइनलमा समूह ‘बी’को विजेता टोली भारतले समुह ए को उपविजेता माल्दिभ्सविरुद्ध खेल्नेछ। समूह ‘ए’मा भारत अपराजित रहेर सेमिफाइनल पुगेको हो। माल्दिभ्स भने दुवै खेलमा बराबरी गर्दै अन्तिम चारमा पुगेको थियो।

फाइनल खेल आइतबार हुनेछ।