काठमाडौँ । एसिया कप २०२५ अन्तर्गत समूह बीको खेलमा श्रीलङ्काले हङकङविरुद्ध जित निकालेको छ। श्रीलंकाले हङकङलाई ४ विकेटले पराजित गरेको हो।

दुबई इन्टरनेसनल क्रिकेट स्टेडियममा टस हारेर ब्याटिङको निम्तो पाएको हङकङले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १४९ रन बनाएको थियो। हङकङले दिएको १५० रनको विजय लक्ष्य पछाएको श्रीलंकाले १८.५ ओभरमा ६ विकेट गुमाउँदै १५३ रनसहित लक्ष्य पूरा गर्यो। श्रीलङ्काको जितमा ओपनर ब्याटर पाथुम निशाङ्काले सर्वाधिक ६८ रनको अर्धशतकीय पारी खेले । उनले ४४ बलमा ६ चौका र २ छक्का प्रहार गरे।

अर्का ओपनर ब्याटर कुशल मेन्डिसले ११ रन बनाए । कमिल मिसाराले १९, कुशल पेरेराले २० रन बनाउँदा वनिन्दु हसरंगाव २० रनमा अविजित रहे। हङकङको लागि बलिङतर्फ यासिम मुर्जाताले २ विकेट लिए। आयुष शुक्ला, इशान खान र अजिज खानले १-१ विकेट लिए।

यसअघि ब्याटिङ गरेको हङकङको को लागि निजाकत खानले ५२ रनको अविजित अर्धशतकीय पारी खेले। उनले ३८ बलमा ४ चौका र २ छक्का प्रहार गरे। 
ओपनरद्वय जिसन अली र आन्से रथले क्रमश: २३ र ४८ रन बनाए। श्रीलङ्काको लागि बलिङमा दुश्मान्था चमेराले २ विकेट लिँदा वनिन्दु हसरंगा र दुसन सनाकाले १-१ विकेट लिए।