काठमाडौँ । नेपालमा आयाेजना हुन लागेकाे आउटडाेर काभा वुमेन्स भलिबल लिग स्थगित भएकाे छ।

शनिबार भएकाे सेन्ट्रल एसियन भलिबल एसाेसियन (काभा)ले अनलाईन मीटिङमा देशकाे परिस्थितिलाई मध्यनजर गरेर खेल नेपालमा आयाेजना नहुने तय गरिएकाे हाे। नेपालको जारी अवस्थाका कारण धेरैजसो देशहरूले आफ्नो राष्ट्रिय टोली पठाउन अस्वीकार गरेका छन्।

शनिबार सामाजिक सञ्जाल फेसबुकमा नेपाल भलिबल संघले खेलाडी र अधिकारीहरूको सुरक्षाको लागि सामान्य अवस्थामा आफ्नो घरेलु कार्यक्रम जारी राख्न सक्दो प्रयास गर्न बताएकाे छ।
काभा वुमेन्स भलिबल लिग नोभेम्बर १५ देखि २२ सम्म टुडिखेलमा आयाेजना हुने तय थियाे।