काठमाण्डाैँ । संयुक्त अरब ईमेरेटस (यूएई)मा अहिले (एसीसी)) एसिया कप जारी छ।

कुल ८ टोलीले सहभागिता जनाएको उक्त प्रतियोगिता सेप्टेम्बर ९ देखि सुरु भएको थियो। एसिया कपको फाइनल खेल सेप्टेम्बर २८ मा हुने छ। तर यति बेला एसिया कपमा सबैभन्दा बहुप्रतिक्षित खेल भारत र पाकिस्तानको खेलको पर्खाइमा समर्थकहरू छन्।

साविक विजेता भारतले जारी प्रतियोगितामा आयोजक राष्ट्र यूइईमाथि ९ विकेटको शानदार जित हात पारिसकेको छ। त्यस्तै, एसिया कप सुरु हुनुअघि पाकिसतानले त्रिदेशीय सिरिज जहाँ पाकिस्तान, अफगास्तिान र यूएईले सहभागिता जनाएका थिए। यस सिरिजको उपाधि हात पारेर पाकिस्तानले एसिया कपको लागि तयार भएको थियो।

भारत र पाकिस्तान आउँदो आइतबार अर्थात सेप्टेम्बर १४ मा भिड्ने छन्। खेल यूएईको दुबई अन्तर्राष्ट्रिय क्रिकेट रगंशालामा हुने छ। एसिया कप भारतमा आयोजना हुने तय थियो तर भारतीय क्रिकेट बोर्ड (बीसीसीआई)ले भारत र पाकिस्तानको द्वन्द्वको कारण प्रतियोगितालाई यूएईमा सारेको हो।

यस्तोमा दुवै टोली जितको लक्ष्यसहित मैदानमा उत्रिने छन्। यसअघि दुवै टोलीको भेट सन् २०२३ फ्रेबअरी २३ मा अन्तिम पटक भएको थियो। च्याम्पीयन ट्रफीमा भारत र पाकिस्तान एउटै समूहमा रहेर खेलेका थिए।

जहाँ त्यस खेलमा विराट कोहलीकाे उत्कृष्ट प्रदर्शनमा भारतले पाकिस्तानलाई ६ विकेटले पराजित गरेको थियो। हालसम्म एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट (ओडिआई)मा भारतले पाकिस्तानमाथि ५८ जित हासिल गरेकाे छ। पाकिस्तानले ओडिआईमा भारतलाई ७३ पटक हराएको छ।

एसिया कपमा भारत र पाकिस्तानबीच १९ पटक भेट भएको छ, जहाँ भारतले पाकिस्तनालाई १० पटक हराएको छ भने पाकिस्तानले भारतलाई ६ पटक हराएको छ। यस्तोमा तीन पटक भने खराब मौसमका कारण खेल रद्द भएको थियो।

सन् २०२२ मा यूएईमा भएको एसिया कपमा पाकिस्तानले भारतलाई ५ विकेटले हराएको थियो। आइतबार भारत पाकिस्तानबीच पहिलाे भेट हुने छ। त्यसपछि यी दुई टोली दोस्रो चरणमा प्रवेश गरे भने उनीहरू बीच सेप्टेम्बर २१ मा सुपर फोरमा भेट हुने छ। त्यसपछि सुपर फोरबाट प्रवेश गरे उनीहरूबीच सेप्टेक्बर २८ मा फाइनल खेलमा भेट हुने छ।

भारतले हालसम्म सात पटक एसिया कप जितेको छ, जहाँ पाकिस्तानले दुई पटक मात्र जितेको छ।

एसिया कपमा आज भने पाकिस्तान र ओमानबिच खेल हुने छ। जारी प्रतियोगितामा दुवैको यो पहिलो खेल हो।