
काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेट आज (शनिबार)बाट पुनः सुरु हुँदैछ । भारत र पाकिस्तानबीचको तनावका कारण स्थगित भएको आईपीएल आजबाट सुरु हुन लागेको हो ।
१८औँ संस्करणको जारी आईपीएल मे ८ देखि रोकिएको थियो । आजको खेलमा रोयल च्यालेन्जर्स बैंगलोर र कोलकाता नाइट राइडर्सबीच प्रतिस्पर्धा हुँदैछ । खेल बैंगलोरमा नेपाली समयअनुसार राति पौने ८ बजे सुरु हुनेछ ।
दुई देशबीच विवाद बढेपछि मे ८ मा धर्मशालामा पन्जाब किंग्स र दिल्ली क्यापिटल्सबीच भइरहेको खेल पूरा नहुँदै रोकिएको थियो । आईपीएलका बाँकी खेलहरू बैंगलोर, जयपुर, दिल्ली, लखनऊ, मुम्बई र अहमदाबाद गरी ६ ठाउँमा सञ्चालन हुनेछन् ।







Facebook Comments