काठमाडौं । आइसिसी महिला टी–२० विश्वकप एशिया क्षेत्र छनौट अन्तर्गत नेपालले सुपर थ्री अन्तर्गतको पहिलो खेलमा नेपाललाई युएइले  ११५ रनको विजय लक्ष्य प्रस्तुत गरेको छ।

तेरथाइ क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको युएइले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै ११४ रन बनाएको हो।

युएईका लागि ओपनिङमा आएकी कप्तान ईसा ओझाले सर्वाधिक ३९ रन बनाइन्। उनले ३९ बलमा दुई चौका र एक छक्का प्रहार गरिन्। विकेट किपर ब्याटर त्रिथा सतिशले २१ रन बनाइन्। लावन्या केनीले १२, मिना होट्चाँदनीले २० रन बनाइन्। उडेनी डोना ६ रनमा अविजित रहिन्।  

नेपालका लागि  मनिषा उपाध्यायले सर्वाधिक चार विकेट लिइन्। कविता कुँवरले २ र राजमती ऐरीले १ विकेट लिइन्। नेपाल आजको खेल जित्नैपर्ने दबाब छ। ग्लोबल छनोटमा स्थान बनाउन नेपालले युएईलाई हराउनुपर्ने हुन्छ।

सुपर थ्री मा रहेका दुई टिमले मात्रै ग्लोबल छनोटमा स्थान बनाउने भएकाले नेपाल र युएई दुवैका लागि यो खेल निकै महत्त्वपूर्ण छ। आजको खेलमा नेपाल युएइसँग पराजित भएको खण्डमा अर्को खेलमा नेपालले थाइल्याण्डलाई हराए पनि ग्लोबल छनोटमा पुग्न अङ्क पर्याप्त हुने छैन।

आइतबार बिहान भएको खेलमा थाइल्याण्डले युएईलाई ५४ रनले हराउँदै ग्लोबल छनोटमा स्थान पक्का गरिसकेको छ।