
काठमाडाैं । कर्णाली प्रदेशमा अन्डर–१६ राष्ट्रिय क्रिकेट प्रतियोगिता हुने भएको छ। नेपाल क्रिकेट संघ क्यानको आयोजना तथा कर्णाली प्रदेश क्रिकेट संघको सह–आयोजनामा प्रतियोगिता हुन लागेको हो।
यहीँ जेठ २१ गतेदेखि ३१ गतेसम्म प्रतियोगिता हुने आयोजकले जनाएको छ। बुधबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिताका संयोजक श्रीधर केसीले ७ प्रदेशबाट ७ वटा टिम सहभागी हुने जानकारी दिए।
प्रतियोगिता अवधिभर जम्मा खेल २१ हुनेछन भने प्रतियोगीता लिग चरणमा सञ्चालन हुने केसीले बताए। क्रिकेट संघ कर्णाली प्रदेशका अध्यक्ष पदम खड्काले प्रतियोगीता वीरेन्द्रनगर नगरपालिकाको कालिनचौक र वीरेन्द्रनगर क्रिकेट मैदानमा सञ्चालन हुने जानकारी दिए।







Facebook Comments