सत्य तथ्य समाचार देश विदेशमा रहेका पाठकमाझ पस्किने ध्येयका साथ हामी नयाँ प्रेस डटकम न्युज पोर्टल लिएर तपाईँहरुमाझ आएका छौँ ।  

विज्ञान र प्रविधिको चमत्कारिक विकाससँगै सूचनाका माध्यममा विविधीकरण आएको छ । यससँगै भ्रमपूर्ण समाचारका कारण पाठकलाई सत्य सूचना पाउन असहज भइरहेको छ । यस्तै परिबेसमा सत्य सूचनाबाट सुसूचित हुने पाठकको अधिकारलाई सम्मान गर्दै अनलाइनको माध्यम मार्फत पाठक माझ समाचार तथा सूचनाहरू पुर्‍याउन हामी कटिबद्ध हुनेछौँ । 

शिक्षा र स्वास्थ्य र जन-जीविकाका समाचार हाम्रो प्राथमिकतामा पर्नेछन्।  सबै क्षेत्र, वर्ग, लिङ्ग, धर्मका समाचार गतिविधि हाम्रो प्राथमिकतामा रहनेछन् । 

उत्पीडनमा रही उपेक्षामा परेका र पारिएकाहरूको आवाज बन्नु हाम्रो मुख्य उद्देश्य रहनेछन् । राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति, हाम्रो गौरवपूर्ण ईतिहास र नेपाली जनताको स्वाभिमानको रक्षाप्रति हामी दत्तचित्त भएर लाग्ने छौँ । 

नेपालको संविधानले प्रेस सम्बन्धी गरेको व्यवस्थालाई उपयोग गर्दै प्रेस काउन्सिल नेपालले तय गरेका पत्रकार आचारसंहिताप्रति  प्रतिबद्ध रहँदै सन्तुलित समाचार र उपलब्धि मूलक विचार हाम्रो प्राथमिकतामा पर्ने छन् । 

नयाँ वर्ष २०८२ को पहिलो दिनसँगै नयाँ प्रेस डट कमको औपचारिक शुभारम्भ गरेका छौँ ।

नयाँ वर्षको सम्पूर्णमा हार्दिक शुभकामना