
काठमाडाैँ । दक्षिण एसियाली फुटबल महासंघ (साफ) यू-२० महिला च्याम्पियनसिपमा नेपालले भुटानविरूद्ध सानदार जित निकालेको छ।
शनिबार बंगलादेशको ढाकास्थित किङ्स एरेनामा भएको खेलमा नेपालले भुटानमाथि ८-० गोलको जित निकालेको हो। यसअघि भुटानसँगको पहिलो खेलमा नेपाल ६-१ ले विजयी भएको थियो।
आयोजक बंगलादेशसहित भुटान, श्रीलंका र नेपाल सम्मिलित प्रतियोगितामा डलब राउन्ड रोबिनको आधारमा खेल भइरहेको छ। नेपालले श्रीलंकासँग दुई खेल खेलिसकेको छ। दुवै खेलमा नेपाल ७-० गोलले विजयी भएको थियो।
आयोजक राष्ट्र बंगलादेशसँग पहिलो खेलमा ३-२ गोलले हारेको थियो। नेपालले खेलपछि सोमबार बंगलादेशसँग खेल्नेछ। नेपालले ६ खेलबाट १२ अंक बटुलेको छ । ३ खेल खेलेको घरेलु बंगलादेशको ९ अंक छ ।







Facebook Comments