
काठमाडौँ । विश्व बुदो मार्सल च्याम्पियनसिपमा सहभागी हुन १३ सदस्यीय नेपाली टोली बिहीबार अजरबैजानको राजधानी बाकु प्रस्थान गरेको छ । टोलीमा नेपाल बुदोकै–दो कराँते संघअन्तर्गत सात खेलाडी र ६ अफिसियल छन् ।
प्रतियोगिता साउन ८ देखि १२ गतेसम्म बाकुमा आयोजना हुनेछ । नेपाली टोलीमा पुरुषतर्फ ६५ किलो तौल समूहमा रमेश खड्गी, ७० किलोमा रोचक भट्टराई, ७५ किलोमा विनोद महर्जन, ८० किलोमा सागर विष्ट र ८५ किलोमा सुदर्शन खतिवडा प्रतिस्पर्धा गर्नेछन् । महिलातर्फ ४२ किलो तौल समूहमा पूजा खड्का र ५५ किलो तौल समूहमा बविता कार्कीले नेपालको प्रतिनिधित्व गर्नेछन् ।
टोलीको मुख्य प्रशिक्षकमा नेपाल बुदोकै–दो कराँते संघका अध्यक्ष वीरकृष्ण महर्जन छन् । व्यवस्थापकका रूपमा रजिम शाहीले जिम्मेवारी सम्हाल्नेछन् । त्यसैगरी सन्देश महर्जन र कुमारध्वज लामा टिम अफिसियलका रूपमा रहनेछन् । प्रतियोगितामा नेपालका तर्फबाट करुणा राउत क्षेत्री र राजीव श्रेष्ठ निर्णायकको भूमिकामा छन् ।







Facebook Comments