
काठमाडौँ । नेपाल स्ट्रिट प्रिमियर लिग (एनएसपीएल)मा खेलाडीका लागि दर्ता प्रक्रिया खुला गरिएको छ ।
डीजीआर स्पोर्ट्स एन्ड इभेन्ट म्यानेजमेन्ट प्रालिको आयोजनामा हुन लागेको टी–१० टेनिस क्रिकेट प्रतियोगिताका निम्ति आयोजकले बिहीबारदेखि खेलाडी दर्ता सुरु गरेको हो । प्रतियोगितामा सहभागी हुन चाहने इच्छुक खेलाडीले एनएसपीएलको आधिकारिक वेबसाइट वा खल्ती एपमार्फत नाम दर्ता गराउन सक्नेछन् ।
दर्ता शुल्क ब्याटर र बलरका लागि एक हजार तोकिएको छ । यस्तै, अलराउन्डरका लागि एक हजार २०० रुपैयाँ निर्धारण गरिएको छ । खेलाडी दर्ता गर्ने अन्तिम मिति आगामी भदौ ८ हो । एनसपीएलको ब्रान्ड एम्बासडरमा अभिनेता निखिल उप्रेती छन् ।







Facebook Comments