
काठमाडौं । भारत र इङल्याण्डबीचको पाँचौं टेस्ट रोमाञ्चक मोडमा पुगेको छ। चौथो दिन वर्षाले प्रभावित हुँदा खेल पाँचौ दिनमा पुगेको हो।
अब यस टेस्टमा इङल्यान्ड जितबाट ३५ रन टाढा छ भने भारत जितबाट ४ विकेट टाढा रहेको छ। ३७४ रनको लक्ष्य पछाएको इङल्याण्डले ६ विकेट गुमाएर ३३९ रन बनाएको छ।
इङल्याण्डका लागि ह्यारी ब्रुकले १११ रन र जो रुटले १०५ रन बनाएर जित नजिक पुगेपनि भारतले खेलमा कम ब्याक गर्दै दुवैलाई आउट गरेको थियो। भारतका लागि प्रसिद्ध कृष्णले ३, मोहमद सिराजले २ तथा आकास दीपले एक विकेट लिएका थिए।
यस अघि टेस्टको पहिलो पालीमा भारतले २२४ रन बनाएको थियो भने इङल्याण्डले २४७ रन बनाएको थियो। त्यस्तै भारतले दोस्रो इनिंगमा ३९६ रन बनाएको थियो। यस सिरिजमा इङल्याण्ड २–१ ले अगाडि रहेको छ।







Facebook Comments