
काठमाण्डाैँ । प्रमुख ब्याटर फखर जमान घाइते भए पनि पाकिस्तानको वेस्ट इन्डिजविरूद्ध अमेरिकाको फ्लोरिडामा भएको टी-२० सिरिज २-१ ले जितेको छ।
ओपनर फखर जमानले अब वेस्ट इन्डिजविरुद्धको बाँकी खेलहरू गुमाउने भएका छन्।
सिरिजको दोस्रो खेलमा फखरको ह्यामस्ट्रिङमा चोट लागेको थियो। सोही खेलमा पाकिस्तानले वेस्ट इन्डिजलाई १३ रनको झिनो अन्तरले हराएर क्यारेबियन टोलीविरुद्ध लगातार सातौं टी-२० सिरिज थियो।
पाकिस्तानले फखरको चोटको पुष्टि गर्दै उनी आगामी तीन खेलको एकदिवसीय सिरिजमा सहभागी नहुने र स्वदेश फर्किने जनाएको छ।
फखरको चोटले पाकिस्तानको सिरिज जितलाई केही फिक्का बनाए पनि अन्य खेलाडीहरूको प्रदर्शन भने उत्कृष्ट रह्यो। स्पिनर मोहम्मद नवाज सिरिजको उत्कृष्ट खेलाडी ('प्लेयर अफ द सिरिज') घोषित भए। उनले सिरिजमा १० को औसतमा ७ विकेट लिए।
सिरिजको अन्तिम खेलमा पाकिस्तानले दिएको १८९/४ को लक्ष्य पछ्याएको वेस्ट इन्डिजलाई रोक्न पाकिस्तानका पाँच बलरले विकेट लिएका थिए।
वेस्ट इन्डिजका कप्तान शाई होपले टस जितेर पहिले ब्याटिङको निम्तो दिएपछि पाकिस्तानका लागि ओपनर साहिबजादा फरहान (७४) र साइम अयुब (६६) ले अर्धशतक बनाएका थिए। उनीहरूको प्रदर्शनले पाकिस्तानलाई राम्रो स्कोर खडा गर्न मद्दत गर्यो।
वेस्ट इन्डिजका लागि एलिक अथानाजे (६०) र शेरफेन रदरफोर्ड (५१) ले पनि अर्धशतक बनाएर टोलीलाई जितको आशा दिलाएका थिए, तर हसन अली, हरिस रउफ र नवाजले आफ्नो अनुभव प्रयोग गर्दै पाकिस्तानको जित सुनिश्चित गरे।
अब दुई टोलीबीच तीन खेलको एकदिवसीय सिरिज हुनेछ, जसको पहिलो खेल शुक्रबार ट्रिनिडाडमा हुँदैछ। एजेन्सी







Facebook Comments