
काठमाडौँ । ब्रज स्पोर्ट्स क्लबको आयोजनामा इन्डो नेपाल खुला अन्तर विद्यालय कराते प्रतियोगिताको पहिलो संस्करण साउन २४ गते हुने भएको छ ।
एकदिने प्रतियोगितामा नेपालका ३५ र भारतका २५ विद्यालयको सहभागिता रहने आयोजकले जानकारी दिएकाे छ। प्रतियोगिताका शीर्ष तीनले क्रमशः एक लाख, ५० हजार र २५ हजार रुपैयाँ पाउनेछन् ।
उत्कृष्ट प्रशिक्षकले १५ हजार रुपैयाँ प्राप्त गर्नेछ । प्रतियोगिताको मुख्य प्रायोजकमा एमडिबी एजुकेसन कन्सल्टेन्सी रहेको छ ।







Facebook Comments