
काठमाडाैँ । भुटानको राजधानी थिम्पुमा जारी एएफसी यू–२० महिला एसियन कप छनोटमा शुक्रबार नेपालले साउदी अरेबियासँग खेल्दै छ।
साउदी अरेबियासँगको यो खेल नेपालको दोस्रो खेल हो। यो खेल थिम्पुस्थित चाङलिमिथाङ स्टेडियममा दिउँसो पौने २ बजे बाट सुरु हुने छ। नेपालले आफ्नो पहिलो खेलमा भुटानसँग १–१ गोलको बराबरी खेल्दै अंक बाँडेको थियो तर नेपालसँग भिड्न आएको साउदी अरेबियाले भने उत्तर कोरियासँग १५–० को फराकिलो हार बेहोरेको थियो। बलियो टोली उत्तर कोरियासँग नेपालले खेल्न बाँकी छ, उत्तर कोरिया २–२ पटक विश्व च्याम्पियन टोली हो।
प्रतियोगिताको हरेक समूहबाट समूह विजेता एसियन कपमा छनोट हुने छन् भने दुई उत्कृष्ट उपविजेता पनि छनोट हुने प्रावधान रहेको छ।







Facebook Comments