
काठमाडौँ । सरकारले म्याट्रिक्स फाइट नाइट १७ (एमएफएन १७) च्याम्पियन नेपाली एमएमए फाइटर रवीन्द्र ढाटलाई पाँच लाख रुपैयाँ पुरस्कार दिने निर्णय गरेको छ ।
सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले उनलाई ५ लाख रुपैयाँ पुरस्कार दिने निर्णय गरेको युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले जानकारी दिए ।
मंगलबार राजधानीमा आयोजित कार्यक्रममा उनले भने,‘हिजो मात्रै मन्त्रिपरिषद्बाट पाँच लाख रुपैयाँ दिने कुरा पास भएको छ । प्रशिक्षकलाई पनि २ लाख दिने भनिएको छ ।’







Facebook Comments