
काठमाडौँ । विश्व एक्वाटिक्स जुनियर च्याम्पियनसिपमा नेपालका दुई खेलाडीले भाग लिने भएका छन् । रोमानियाको ओटोपेनी अगस्ट १५ देखि २१ सम्म हुने प्रतियोगितामा नेपालका नम्बर वान इर्भिन श्रेष्ठ र प्रारम्भ भण्डारीले प्रतिस्पर्धा गर्नेछन् ।
इर्भिनले ५० मिटर फ्रिस्टायल र ५० मिटर ब्रेस्टस्ट्रोक तथा प्रारम्भले ५० र १ सय मिटर ब्याकस्ट्रोकमा खेल्ने छन् । १ सय र २ सय मिटर ब्याकस्ट्रोकमा प्रारम्भको नाममा राष्ट्रिय कीर्तिमान छ ।
शुक्रबार जाने टिममा अफिसियल रविन श्रेष्ठ र गीता सिवाकोटी छन् । टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले बिहीबार बिदाइ गरे ।







Facebook Comments