
काठमाडौँ । स्पेनी ला लिगामा डिफेन्डिङ च्याम्पियन बार्सिलोनाले शनिबार बलियो सुरुआत लिएको छ । यसक्रममा रियल मार्लोकामाथि ३–० को जित रचेको छ ।
नौ खेलाडीमा सीमित रहेको मार्लोकालाई बार्सिलोनाले उसकै घरमा हराएको हो । क्याटलान क्लबका लागि राफिन्हाले सातौं मिनेटमा गोलको खाता खोले ।
फेरान टोरेसले २३ औं मिनेटमा दोस्रो गोल थपे । लामिन यामलले दोस्रो हाफको इन्ज्युरी समयको चौथो मिनेटमा तेस्रो गोल गरे । बार्सिलोनाका लागि मार्कस रसफोर्डले औपचारिक रूपमा डेब्यु पनि गरेका छन् ।
अन्य खेलमा डेपोर्टिभो एलाभेसले लाभेन्टेलाई २–१ ले पराजित गर्यो भने भने भ्यालेन्सिया र रियल सोसिडाडले १–१ को बराबरीमा चित्त बुझाए ।







Facebook Comments